Logo

४२ लाख घुस लिएको आरोपमा अधिवक्ता पक्राउ



Spread the love


काठमाडौं । थुनामा रहेको व्यक्ति छुटाइदिने आश्वासनमा ४२ लाख घुस लिएको आरोपमा प्रहरीले अधिवक्ता टंकबहादुर रानामगरलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीद्धारा उनी शुक्रबार बबरमहलबाट पक्राउ परेका हुन् ।
जन न्यायीक कानूनी सेवा नामक ल फर्म चलाउँदै आइरहेका अधिवक्ता रानामगरले राजश्व चुहावटको आरोपमा थुनामा परेका राकेश दाहाललाई छुटाइदिने आश्वासनमा ४२ लाख रुपैयाँ लिएको महाशाखाले बताएको छ ।


अदालतले मागेको २ करोड २५ लाख रुपैयाँ धरौटी तिर्न नसक्दा दाहाल नख्खु कारागारमा जेल बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्