२१ माघ, गुल्मी – नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले एमसिसिबारे आफु धेरै नबोल्ने बताएका छन् । मगंलबार प्रेस संगठन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।
एमसिसिको बारेमा अनावश्यक हल्ला फैलाईको मन्त्री ज्ञवालीको भनाई छ ।
एमसिसि नेपालको हितमा रहेको बताउँदै मन्त्री ज्ञवालीले भने म एमसिसि कार्यदलको सदस्य हु र पदीय मर्यादका कारण आफु धेरै नबोल्ने स्पष्ट पारे ।
फरक प्रसंगमा मन्त्री ज्ञवालीले नेकपाको सरकारबाट भ्रष्टाचार बढेको भन्दा पनि भ्रष्टचारीको पहिचान भएको उल्लेख गरेका छन् । सुन काण्ड,बालुवाटार जग्गा प्रकरण,वाइड बडी जस्ता ठुला काण्ड नेकपाको सरकारले पत्ता लगाई त्यस्ता प्रविृत्तिको अन्त्य गर्न सरकार अग्रसर भएको उनको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस्