१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् ।
कार्यदल गठन गरेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार केन्द्रीय कमिटी बैठकमा जानकारी गराएका हुन्।‘एमसिसीबारे अध्ययन गरी दश दिनभित्र सचिवालयलाई प्रतिवेदन बुझाउन कार्यदललाई जिम्मेवारी दिइएको छ,’ स्रोतले बताए ।
प्रतिक्रिया दिनुहोस्