काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएकाे बताएका छन् ।
राप्रपा केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष कमल थापाले पेस गरेको राजनीतिक कार्यपत्रमा उक्त कुरा उल्लेख गरिएको छ ।
सरकार भ्रष्टाचार नियन्त्रण तथा व्यापारघाटा न्यूनीकरण गर्न पूर्ण रुपमा असफल भएको अनि जनताले अपेक्षा गरे अनुसार काम गर्न नसकेको दोष प्रतिवेदनमा लगाइएको छ ।
कमल थापाले कर्मचारी, व्यापारी र राजनीतिक नेताहरुको गाँठोले देशमा भ्रष्टाचार बढाएको आरोप लगाएका छन् । स्वार्थ पुरा गर्न कानून पनि बदल्ने गरेको थापाले व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्