–रवीन्द्रनाथ टैगोर
मेरी पाँच वर्षकी छोरी मिनी एकैछिन पनि नबोली बस्न सक्दिन । एकदिन उसले बिहानै बोली, “बुबा, रामदयाल चौकीदार छन् नि उनले कागलाई कौवा भन्छन् । उनलाई केही पनि आउँदैन बुबा ।” मैले केही बताउनुभन्दा पहिला उसले फेरि दोस्रो कुरा गरी । “हेर्नुस् बुवा, भोला भन्छ– आकाशमाथि हात्तीले सुँडबाट पानी फाल्छ, यसैबाट वर्षा हुन्छ । ल बुबा भन्नुस् त भोला झुट बोलेको छ, हैन ?” अनि त्यसपछि उ खेल खेल्न गई ।
मेरो घर सडक किनारमा छ । एकदिन मिनी मेरो कोठामा खेलिरहेकी थिइ । अचानक उ खेल्न छाडेर झ्यालमा गई जोडले चिच्याउन थाली, “ काबुलीवाला, ओ काबुलीवाला !”
काँधमा किसमिस र बदामले भरिएको झोला, हातमा अँगुरको बाकस लिएर एउटा अग्लो काबुली सुस्त गतिमा सडकमा हिँडिरहेको थियो । जब उ घरको नजिक आउन थाल्यो, मिनी भित्र भागी । उसलाई डर लाग्यो कि काबुलीवालाले उसलाई समात्छ । उसको बाल–मष्तिष्कमा यो कुरा भरिएको थियो कि काबुलीवालाको झोलाभित्र खोजतलास गर्ने हो भने उजस्तै दुई–चार बच्चा भेटिन सक्छन् ।
काबुलीले मुस्कुराउँदै मलाइ सलाम गर्यो । मैले उसको केही सामान किनेँ । त्यसपछि उ बोल्यो, “बुवा हजुर ! हजुरकी छोरी कता गई ?”
मैले मिनीको मनबाट डर निकाल्नको लागि उसलाई बोलाएँ । काबुलीवालाले झोलाबाट किसमिस अनि बदाम निकालेर मिनीको दिन खोज्यो तर उसले केही पनि लिइन । उ डराएर मेरो घुँडामा टाँस्सिइ । काबुलीसँग मिनीको यसरी परिचय भयो । केही दिनपछि केही जरुरी कामले म बाहिर जाँदै थिए तब मैले देखेँ कि मिनी काबुलीसँग खुलेर कुरा गरिरहेकी थिइ अनि काबुलीवाला मुस्कुराउँदै सुनिरहेको थियो । मिनीको झोला बदाम अनि किसमिसले भरिएको थियो । मैले काबुलीलाई पचास पैसा दिएर भनेँ, “यसलाई किन सबै दियौ ? अबदेखि नदिनु ।” त्यसपछि म बाहिर गएँ ।
केही बेरसम्म काबुली मिनीसँग कुरा गरिरह्यो । जाने समयमा उसले पचास पैसा मिनीको झोलामा हालिदियो । जब म घर पुगेर देखेँ कि मिनीकी आमा काबुलीसँग पचास पैसा लिएको कारणले उससँग खुब रिसाइरहेकी थिइन् ।
काबुली दिन प्रतिदिन आउन थाल्यो । उसले किसमिस बदाम दिएर मिनीको सानो हृदयमा प्रशस्त अधिकार जमाएको थियो । दुईबीच धेरै कुरा हुन्थे अनि दुबै खुब हास्थे । रहमत काबुलीलाई देख्ने बित्तकै मेरी छोरीले हाँस्दै सोध्थी, “काबुलीवाला, ओ काबुलीवाला ! तिम्रो झोलामा के छ ?”
रहमत हास्दै भन्थ्यो,“हात्ती ।” फेरि उ मिनीलाई प्रश्न गथ्र्यो,“ तिमी घर कहिलै जान्छ्यौ ? यस पटक मिनीले रहमतसँग उल्टै प्रश्न गरी, “तिमी ससुराल कहिले जान्छौ ?” रहमतले आफ्नो रीस पोख्दै भन्यो, “म ससुरालाई मार्नेछु ।” यस कुरामा मिनी खुब हास्थी ।
हर साल जाडोको अन्त्यमा काबुली आफ्नो देश जान्थ्यो । जानुभन्दा पहिला उ सबै मानिससँग पैसा उठाउने काममा लागि पथ्र्यो । उसलाई घर–घर घुम्नुपथ्र्यो तर उ प्रतिदिन मिनीसँग एकचोटि भेट्थ्यो ।
केही सिपाही अनि केही रहमतको मुखबाट मैले यो सुनेँ कि हाम्रो छिमेकमा बस्ने एक मानिसले रहमतसँग एउटा तन्ना किनेको थियो । त्यो मानिसले रहमतलाई केही पैसा दिन बाँकी थियो । पैसा दिनको लागि मानिसले अश्वीकार गरिरहेको थियो । त्यहीं कुरामा दुई जनाबीच मनमुटाब भयाे अनि काबुलीले उसलाई चक्कुद्धारा मार्दियो ।
केही सिपाही अनि केही रहमतको मुखबाट मैले यो सुनेँ कि हाम्रो छिमेकमा बस्ने एक मानिसले रहमतसँग एउटा तन्ना किनेको थियो । त्यो मानिसले रहमतलाई केही पैसा दिन बाँकी थियो । पैसा दिनको लागि मानिसले अश्वीकार गरिरहेको थियो । त्यहीं कुरामा दुई जनाबीच मनमुटाब भयाे अनि काबुलीले उसलाई चक्कुद्धारा मार्दियो ।
यसैबेला, “काबुलीवाला, काबुलीवाला”, भन्दै मिनी घरबाट बाहिर निस्की । रहमतको अनुहारमा क्षणभरको लागि खुसी आयो । मिनीले आएपछि रहमतलाई प्रश्न गरी,“तिमी ससुराल जान्छौ नि ?” रहमतले हासेर बोल्यो,“अँ त्यहीं त जाँदै छु ।”
रहमतलाई लाग्यो कि मिनी उसको उत्तरबाट खुशी भइने । त्यहीं बेला उसले रिस देखाउँदै भन्यो,“ससुरालाई मैले मार्थेँ तर के गरुँ, मेरो हात बाँधिएका छन् ।”
चक्कु हानेको अपराधमा रहमतलाई केही वर्ष सजाय दिइयो ।
काबुलीको ख्याल विस्तारै विस्तारै मेरो मनबाट मैले हटाइदिएँ अनि मिनीले पनि उसलाई भुली ।
धेरै साल बितेर गए । आज मेरी मिनीको बिवाहा हो । मानिसहरु आवतजावत गरिरहेका छन् । म आफ्नो कोठामा बसेर खर्चको हिसाब गरिरहेको छु । यसैबेलामा रहमत सलाम गरेर उभियो ।
पहिला त मैले उसलाई चिन्न्न सकिंन । उसको साथमा न त झोला थियो न त अनुहारमा पहिलाजस्तो खुशी । अन्त्यमा उसलाई ध्यानपूर्वक हेरेपछि चिनेँ कि यो त रहमत हो ।
मैले सोधेँ, “रहमत तिमी कहिले आयौ ?”
“हिजो बेलुका जेलबाट छुटेको थिएँ”, उसले बतायो ।
मैले उसलाई भनेँ,“आज हाम्रो घरमा एउटा महत्वपूर्ण काम छ, म त्यसैमा लागि रहेको छु । आज तिमी जाउ, फेरि आउनु ।”
उ उदास भएर जान थाल्यो । ढोकाको नजिक रोकिएर भन्यो, “ मैले एकचोटि बच्चीलाई हेर्न पाउँदिन ?”
सायद उसलाई यो विश्वास थियो कि मिनी अहिले पनि पहिलाजस्तै बच्ची नै छे । उसले पहिलाजस्तै “काबुलीवाला, काबुलीवाला” भनेर चिच्याउँदै दौडन्छे । उनीहरुको पुरानो हासो अनि कुराकानी कुनै पनि हालतमा रोकिएको छैन । मैले भनेँ, “आज घरमा धेरै काम छ । आज उसलाई भेट्न सकिंदैन ।”
उ फेरि दुखी देखियो अनि सलाम गरेर ढोकाबाट बाहिर निस्कियो ।
मैले सोचिरहेको थिएँ कि उसलाई बोलाम् । यसैबेला उ फर्केर आयो अनि बोल्यो,“ यहाँ केही किसमिस र बदाम बच्चीको लागि लिएर आएको थिएँ । उसलाई दिनुहाेला ।”
मैले उसलाई पैसा दिन खोजेँ तर उसले भन्यो, “हजुरलाई धेरै धेरै धन्यवाद बाबु हजुर । पैसाको कुरा छाड्नुस् ।”
एकैछिन रोकिएर भन्यो, “तपाईकी जस्तै मेरी पनि एक छोरी छे । मैले उसलाई याद गरेर हजुरकी बच्चीको लागि पनि केही किसमिस बदाम लिएर आउने गर्छु । म यहाँ सम्झौता गर्न आउँदिन ।
उसले आफ्नो कुर्ताको गोजीमा हात हालेर एउटा मैला अनि कच्याककुचुक परेकाे कागजको टुक्रा निकाली निकै सावधानीपूर्वक खोल्दै दुई हातले फैलाएर मेरो टेबलमा राखिदियो । मैले देखेँ कि त्यो कागजको टुक्रामा एउटा सानो हातको छाप थियो । हातमा केही कालो लगाएर कागजमा त्यसको छाप लिइएको थियो । आफ्नो छोरीको यस यादलाई छातीमा राखेर रहमत हरेक साल कलकत्ताको गल्लीमा सम्झौत गर्नको लागि आउँछ ।
उसले आफ्नो कुर्ताको गोजीमा हात हालेर एउटा मैला अनि कच्याककुचुक परेकाे कागजको टुक्रा निकाली निकै सावधानीपूर्वक खोल्दै दुई हातले फैलाएर मेरो टेबलमा राखिदियो । मैले देखेँ कि त्यो कागजको टुक्रामा एउटा सानो हातको छाप थियो । हातमा केही कालो लगाएर कागजमा त्यसको छाप लिइएको थियो । आफ्नो छोरीको यस यादलाई छातीमा राखेर रहमत हरेक साल कलकत्ताको गल्लीमा सम्झौत गर्नको लागि आउँछ ।
यो देखेर मेरो आँखामा आँशु भरिएर आयो । सबैथोक भुलेर मैले त्यहीं समयमा मिनीलाई बाहिर बोलाएँ । विवाहको पुरा पोशाक अनि गहना लगाएकी मिनी लाजले मुख ढाक्दै मेरो नजिक आएर उभिई ।
मिनीलाई देखेर रहमत काबुली पहिला किंकर्तव्यविमूढ भयो । उसले पहिलाजस्तो कुराकानी गर्न सकेन । एकैछिनपछि हाँस्दै भन्यो, “प्यारी ! बिहे गरेर घर जाँदै छ्यौ हो ?”
मिनीले अब घरको अर्थ बुझ्न थालेकी थिइ । लाजले गर्दा उसको मुख रातो भयो ।
मिनी गएपछि एक गहिरो श्वास तानेर जमिनमा बस्यो । उसलाई यो कुराको याद आयो कि उसकी छोरी पनि यतिका वर्षमा ठुली भएकी होली । यी आठ वर्षमा उसको हालत कस्तो छ, कसलाई थाहा छ ? उ आफ्नै यादमा हरायो ।
मैले केही रुपैयाँ निकालेर उसको हातमा राखेँ अनि भनेँ, “रहमत ! तिमी आफ्नी छोरीको देश जाउ ।”