१५ माघ, काठमाडौं । आफूले संसदमा कोरोना भाइरसतर्फ संकेत गर्दै धक्काको कुरा उठाएको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पारेका छन्।
मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले २०२० को सरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताएका थिए । लगत्तै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कसले धक्का दिँदैछ भन्दै प्रश्न गरे ।
देउवालाई बुधबार केन्द्रीय कमिटी बैठकबाट जवाफ दिएका प्रधानमन्त्री ओलीले आफूले कोरोना भाइरसको कुरालाई धक्का भनेको प्रष्ट पारे।‘के को धक्का कहाँको धक्का भन्ने कुरा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भाइरसको कुरा गरेको थिएँ। त्यसलाई पनि कसले कसरी बुझ्यो बेग्लै कुरा हो।’
प्रतिक्रिया दिनुहोस्