Logo

तुम्बाहाङ्फे नेकपाको केन्द्रिय समितिको सदस्यमा मनोनित



Spread the love

१५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शिवमाया तुम्बाहङ्फेलाई केन्द्रिय समिति सदस्यमा मनोनित गरेको छ । नेकपाको मंगबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

नेकपा महासचिव विष्णु पौडेलले मंगलबारको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको पुष्टि गरे ।

तुम्बाहाङ्फले विशेष कारणले उपसभामुखको पदबाट राजिनामा दिनु परेकाले विशेष परिस्थितीमा पाटीको जिम्मेवारी दिने उदेश्य अनुरुप उनलाई केन्द्रीय मनोनित गरेको थापाले बताए । पार्टी आग्रहअनुसार राजीनामा गरेकी तुम्बाहाङ्फेले पुनः सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेपछि नेकपाले उनलाई केन्द्रीय सदस्य बनाएको हो । योसँगै उनलाई सक्रिय राजनीतिमा आउन बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्