१४ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर २ एरिचोकमा टिपरले ठक्कर दिदा बिहान कालिकोटका केशर बहादुर सिंह ज्यान गएको थियो ।
आज बिहान सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत नोबल एकेडेमी अगाडि मोटरसाइकल चालक २० वर्षीय केशर बहादुर सिंहको निधन भएको खबर सुनेपछि केशरकी प्रेमिका अरुणा शाहीले आत्महत्या गरेकी छिन् ।
आफन्तहरुले यो दुर्घटना नभई हत्या भएको आरोप लगाएका छन् । चालकको नाम अहिलेसम्म खुलाइएको छैन । पछिल्ला दिनहरुमा यस खालका घटनाहरु एकपछि अर्को हुदै आएका छन् ।
अहिले सुर्खेतको अवस्था झनझन् तनावग्रस्त छ ।प्रदर्शनकारीले ढुंगामुढा, जुलुस, सडकमा टायर बालेर झन स्थिति तनावग्रस्त भएको छ । अहिले सुर्खेतमा कर्फु लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्