काठमाडाैं । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई काठमाडौं जिल्ला प्रशासनले ४ हजार रुपैयाँ धरौटीमा मंगलबार दिउसो रिहा गरेको छ ।
प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयद्वारा चार दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति साेमबार प्रहरीले पाएको थियो । सोमबार बिहान राउत आफ्ना परिवारका सदस्यहरुसँग प्रहरी परिसरमा गएकी थिइन् । गायिका राउतलाई थुनेर अपराधीहरु छाड्ने भन्दै प्रहरीको सामाजिक सन्जालमा आलोचना भएको थियाे ।
प्रतिक्रिया दिनुहोस्