१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट एमसीसी र थुप्रै विधेयक पारित गर्न बाँकी रहेको बताएका छन्।मंगलबार प्रतिनिधिसभा संसदमा बोल्दै ओलीले एमसीसी संसदबाट अनुमोदनको प्रतिक्षामा रहेको बताए।
‘हामी अलिकति विलम्बमा भएका छौँ । सभामुख चयनमा विलम्ब भयो । अब विलम्ब गर्नुहुँदैन । सरकार, संसदले कामहरु तीव्र गतिमा अगाडि बढाउनुपर्छ । नत्र हामी वास्तवमा पछाडि पर्छौं,’ संघीय संसदअन्तरगत प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्नैछ, प्रस्तावहरु पारित गर्नुपर्नेछ । छ–सात वटा प्रधानमन्त्रीको कार्यकालहरु गुजार्दै आएर संसदसमक्ष प्रतिक्षा रहेका एमसीसीजस्ता कुराहरु पारित गर्नुपर्ने छ । यस्ता अनेक विषयहरु हाम्रा अगाडि छन् ।’
प्रतिक्रिया दिनुहोस्