Logo

पदभार ग्रहणपश्चात सभामुख सापकोटा भन्छन् : ‘मुद्दाबारे अहिले केही बोल्दिनँ’



Spread the love

१३ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफूविरूद्ध व्यक्ति हत्याबारे लागेको आरोप सर्वोच्च अदालतमा रहेकोले केही नबोल्ने प्रतिक्रिया दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथ खाएलगत्तै पदभारग्रहण गरेका सभामुख सापकोटाले पत्रकारहरूसँग कुराकानी गर्दै आफूविरूद्धको मुद्दाबारे अहिले केही नबोल्ने बताएका हुन्।

‘मुद्दा सर्वोच्चमा छ अहिले केही नबोलौं,’ सभामुख सापकोटाले भने। सापकोटाले सभामुख सपथ खाइरहँदा राष्ट्रपति निवास बाहिर विरोध प्रदर्शन गरेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्