Logo

कोरोनाभाइरसले गर्दा चीनमा ४१ जनाको मृत्यु



Spread the love

एजेन्सी । चीनमा कोरोनाभाइरसले गर्दा ४१ जनाको मृत्यु भइसकेको छ । ख्हबेई प्रान्तमा कोरोनाभाइरसको कारण थप १५ जनाको मृत्यु भएसँगै हालसम्म ४१ जनाको मृत्यु भएको हो ।

चीनमा १ हजार २ सय ८७ जना कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् । नयाँ वर्ष मनाउने तरखर गरिरहेको बेलामा भाइरसको कारणले धेरै कार्यक्रमहरु रद्य गरिएको छ ।

कोरोना भाइरस चीनमा मात्र नभइ युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको प्रमाणित भइसकेको छ ।
कोरोना भाइरसको संक्रमणपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्ने गर्दछ । केही सातापछि श्वासप्रसास प्रक्रियामा समस्या देखा पर्दछ र संक्रमित बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ । यस्ता खालका लक्षणहरु नदेखिए पनि बिरामी भेटिने गरेको विज्ञहरुले बताएका छन् ।

चीनमा कोरोना भाइरस फैलिंदै गर्दा देशका विभिन्न ठाउँमा नियन्त्रणका उपायहरु अबलम्बन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्