१३ माघ, काठमाडाैँ – नेपाल सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द समूह नेतृत्वमा रहेका मकवानपुरका चार नेताले आइतबार पार्टी परित्याग गरेका छन् । सो पार्टी परित्याग गर्नेहरुमा क्रमशः अक्कलबहादुर गोले ‘धावा’, गीता कार्की, अर्जुन चौलागाईं र नारायणप्रसाद गौतम रहेका छन् ।
उनिहरुले शान्तिपूर्ण, व्यक्तिगत र सामाजिक जीवनमा असहज परिस्थिति महसुस भएकाले पार्टी परित्याग गरिएको जानकारी दिएका छन् । उनिहरुले संयुक्तरुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले गर्दा नेपाली जनताको जीवन झन कष्टकर बन्दै गएकोमा चिन्तासमेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्