Logo

पूर्वउपराष्ट्रपति निवासलाई सभामुख निवास बनाउने



Spread the love

८ माघ, काठमाडौँ । सभामुख निवास लैनचौरमा राख्ने सरकारको तयारी रहेको छ। बालुवाटारस्थित सभामुख निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्छन्।

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना बस्दै आएको भवनमा भने हाल प्रधानमन्त्री केपी शर्मा ओली सरेका हुनाले लैनचौरस्थित पूर्वउपराष्ट्रपति निवासमा सभामुख निवास बनाउन लागिएको हो।

सभामुख पदमा सत्तारूढ नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ। माघ १२ गते जेष्ठ सदस्य महन्ठ ठाकुरले सदनबाट सापकोटा सभामुखमा चयन भएको घोषणा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्