Logo

पुस २२ गते मंगलबार,भोलीको राशीफल



Spread the love

भोली मिति २०७६ साल पुस २२ गते मंगलबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ।

वृष – शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्।वैदेशिक यात्राको अवसर मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मनमा द्विविधा बढ्नेछ ।

मिथुन – रोजगार प्राप्त हुनेछ , नेतृत्व क्षमता बढ्नेछ । व्यापारमा विचलन आउनेछ। आध्यात्मिक चिन्तन बढ्नेछ । स्वास्थ्य सामान्य रहनेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ ।

कर्कट – दैनिक कार्यमा सुधार आउनेछ । मित्रको सहयोग मिल्नेछ । हर्ष बढ्नेछ । निष्फल यात्रा हुनेछ । मनमा खिन्नता बढ्नेछ । सामाजिक क्षेत्रमा सुधार आउनेछ । विवाद बढ्नेछ ।

सिंह – लोकाचारले खर्च बढाए पनि विशेष उपहार प्राप्त हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ।

कन्या –  धार्मिक कार्य हुनेछन् । प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ।मनोरञ्जनमा खर्च बढ्नेछ । व्यवसायबाट लाभ मिल्नेछ ।

तुला – धन आर्जन हुनेछ । नैतिकतामाथि आक्षेप लाग्न सक्छ । बुद्धि बढ्नेछ ।बौद्धिक वर्गसँग सहकार्यको अवसर मिल्नेछ । प्रेममा सफल हुनेछ । बुद्धि बढ्नेछ ।सञ्चित धन खर्च हुनेछ ।

वृश्चिक – अध्ययन सफल रहनेछ । हर्ष बढ्नेछ । आर्थिक लेनदेनमा विवाद उत्पन्न हुनेछ । परिवारमा मेलमिलाप हुनेछ ।कार्यमा बाधा उत्पन्न हुनेछ । मन विचलित रहनेछ ।

धनु – आय आर्जन सामान्य रहनेछ । सामाजिक प्रभाव बढ्नेछ । खर्च बढ्नेछ । न्यायिक क्षेत्र सफल हुनेछ । व्यवसाय सामान्य रहनेछ । शारीरिक थकान बढ्नेछ । आकस्मिक धन प्राप्ति हुनेछ । हर्ष बढ्नेछ ।

मकर – स्वास्थ्यमा सुधार आउनेछ ।लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्।

कुम्भ –  व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।आत्मविश्वास बढ्नेछ । कार्य सफल हुनेछन् । शत्रु सवल रहनेछन् । मनमा चञ्चलता बढ्नेछ ।पारिवारिक सद्भाव बढ्नेछ ।

मीन – व्यावसायिक परिवर्तन हुनेछ । व्ययको अधिकता रहनेछ । कान्ति क्षय हुनेछ । यात्रा हुनेछ ।विवाद बढ्नेछ । अध्ययनमा रोकावट आउनेछ । राजनीतिक अपवाद लाग्न सक्छ । आकस्मिक धन खर्च हुनेछ । मित्र भेट होला ।

प्रतिक्रिया दिनुहोस्