२०,पुस ,काठमाडौं ! रुपन्देहीको एक बोर्डिङ स्कुलमा गृहकार्य नगरेको भन्दै त्यहाँका एक जना शिक्षकले विद्यार्थी निर्घात कुट पिट गरेका छन् ।
सम्मरीमाई गाउँपालिका–वडा न: ६ घर भएका तौफिक धुनिया ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा पढ्दै छन् । उनले गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुट पिट गरेका छन् ।
तौफिकको बाँया आँखामा गम्भीर चोट लागेको छ । तौफिकका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा लिनु पर्ने बताए।
ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले आफुले विद्यार्थीमाथि कुटपिट नगरेको दाबी गरे । ‘धुनिया शिक्षकको कुनै पनि कुरा मान्दैनथे । अटेरी गरी गृहकार्य नगरेको कारण उनलाई सामान्य तर्साउनु भएको हो ।
शिक्षकबाट आफ्नो सन्तान निर्घात कुट पिट भएको नदेख्न नसके पछि तौफिक संलग्नमाथि कुट पिट गर्दै लाई कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेको तर प्रहरीले आफ्नो उजुरी लिन नमानेको गुनासो गरेका छन् । तर, मर्चवारका कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालले प्रक्रिया नपुर्याइ उजुरी आएकाले दर्ता नगरिएको बताए ।