१५ पुस, काठमाडौं । पहिले दिल्लीको कोठीमा बेचविखन हुने गरेकामा नेपाली चेली अहिले दिल्लीका निजी अपार्टमेन्टहरुमा पनि बिक्री तथा यौन शोषण गरेको पाइएको छ ।
बेचबिखनमा परी श्रम तथा यौन शोषणमा परेका ३ सय २२ जनालाई भारत हुँदै खाडीका बिभिन्न ठाँउमा १६ जना, आन्तरिक बेचविखनमा परेका ४४ जनाको उद्धार गरिएको छ ।
अहिले अपार्टमेन्ट र निजी घरमा समेत भाडामा लिई यौन शोषण गर्ने व्यवसाय सञ्चालनमा आएको नौलो तरिकाले दलालहरुले अपनाउन थालेका अध्यक्ष विश्वराम खड्काले बताएका छन् ।
माइती नेपालले सन् २०१९ भरी दुई हजार चार सय ८५ जनालाई जोखिमपूर्ण यात्रामा रही नेपाल–भारत सिमाना क्षेत्रबाट उद्धार गरिएको जनाएको छ । यो अवधिमा दुई हजार तीन सय ४९ जनालाई परामर्शसहित पारिवारिक पुनर्मिलन गराइएको, बेचबिखनमा परी श्रम तथा यौन शोषणमा रहेका तीन सय २२ जनालाई भारतबाट र १६ जनालाई खाडीबाट उद्धार गरिएको माइती नेपालले जनाएको छ ।