Logo

पुस १० गते बिहिबार,भोलीको राशीफल



Spread the love

भोलि मिति २०७६ साल पुस १० गते बिहिबार। भोलि पौष कृष्ण औंसीमा कुन राशीको राम्रो  र नराम्रो  छ ।    प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

पुस १० गते बिहीवार पौष कृष्ण औंसीका दिन बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।ग्रहणले बिहान ८ः४२ बजे स्पर्श गर्ने र बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

ग्रहण लाग्नुभन्दा अगाडी पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगी बाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरूका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल दिने छैन । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।

मेष राशी – तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ।

वृष राशी –  आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने देखिन्छ। परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ।

मिथुन राशी –सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। पदासीन व्यक्तिको सहयोग जुट्नेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। भोग–विलासमा मन जाने हुँदा खर्च बढ्न सक्छ।

कर्कट राशी – धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला। तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ।

सिंह राशी – प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। गोप्य सूचना बाहिरिनाले पनि समस्या पर्न सक्छ।

 

कन्या राशी – शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला।

तुला राशी – लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।

वृश्चिक राशी –अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

धनु राशी – परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरमा लक्ष्मी भित्र्याउने समय छ। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला।

मकर राशी – लोकाचारले खर्च बढाए पनि विशेष उपहार प्राप्त हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।

कुम्भ राशी – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। सुरुमा चुनौती देखिए पनि पछि लाभ हुने काम गर्न सकिनेछ। अरूको मुख ताक्ने बानीले भने केही पछि परिनेछ।

मीन राशी – आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ।

प्रतिक्रिया दिनुहोस्