६ पुस, दाङ – तुलसीपुरमा आफ्नै घरबाट लागुऔषध ब्राउन सुगर बिक्री वितरण गरिरहेकी एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहर नाथ योगीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिशिल टोल बस्ने ४२ वर्षीया शान्ता गिरी छन् ।
लागुऔषध ब्राउन सुगर बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा प्रहरी उनको पुगेका थिए । प्रहरीले उनलाई पक्राउ गरी खानतलासी गर्दा २७ पुडिया प्लाटिकसहित आठ ग्राम ४७० मिलि ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रमुख योगीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्