Logo

संघीय संसदको हिउँदे अधिवेशन आज अपराह्न ४ बजे



Spread the love

४ पुस, काठमाडौं । सङ्घीय संसद्को संसदको पाँचौ तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न ४ः०० बजे दुवै सदनको बैठक आह्वान गरेकी हुन् ।

हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चयन छ । असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिए पछि स्थान रिक्त छ । शुक्रबारको पहिलो बैठक भने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चालन गर्ने छिन् ।

संविधानको धारा ९१ (४) को व्यवस्था अनुसारसभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्न लागेकी हुन् । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्