Logo

आज मिति २०७६ सालर पुस ४ गते शुक्रबार, आजको राशीफल



Spread the love

आज मिति २०७६ सालर पुस ४ गते शुक्रबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईँहरूको दिन शुभ रहोस्।

मेष राशी : व्यापार व्यवसायबाट लाभ मिल्नेछ।  रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउनेछन् ।

वृष राशी : यात्रा सफल हुने छ। कार्य सम्पादनमा सहजता मिल्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

मिथुन राशी : माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शुभ समाचार सुन्न पाईएला ।

कर्कट राशी : श्रमको उचित मूल्याङ्कन हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ ।

सिंह राशी :अतिथिको सेवा गर्नुपर्ने छ । अनुहारमा प्रसन्नता छाउनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । अतिथिको सेवा गर्नुपर्ने छ।

कन्या राशी :आफूलाई कमजोर भएको अनुभूतिहुनेछ। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ ।   सौन्दर्यतामा धन खर्च हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ।

तुला राशी : विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सामान हराउन सक्नेछ ।  मान प्रतिष्ठामा बृद्धि होला । नयाँ काममा रुचि जाग्न सक्छ ।

वृश्चिक राशी: इनाम र प्रतिष्ठा बढ्नेछ ।  सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ । अधुरो काम बन्नेछ ।

धनु राशी : नयाँ कार्यको थालनी होला। रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दिन रमाइलाेसँग बित्ने छ।

मकर राशी : आजको दिन सोछे जस्तो नहुन सक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । धन खर्च हुनेछ ।

कुम्भ राशी : मिष्ठान्न भोजन प्राप्ति होला । कार्यमा सफलता पाइनेछ। दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

मीन राशी :शुभकार्यको चर्चा चल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।  व्यापार व्यवसायबाट लाभ मिल्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्