३० मंसिर, भोजपुर – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, ब्यारेक तथा मेसको आइतबार उद्घाटन गरेका छन् । कार्यालय रु चार करोड ८२ लाख ८ हजार ८७७ लागतमा निर्माण भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।
कार्यक्रममा पूर्वप्रहरी ज्येष्ठ नागरिक प्रहरी डिकबहादुर तामाङ तथा भवनलाई गुणस्तरीय ढङ्गले समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी श्याम श्रेष्ठ र लाक्पा शेर्पालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्