Logo

व्यवस्थापन तथा उद्यमशिलता तालिम



Spread the love

२८ मंसिर, पोखरा – होटल सञ्चालन व्यवस्थित एवम् प्रभावकारी बनाउने उद्देश्यले पोखरामा होटल व्यवसायीलाई व्यवस्थापन तथा उद्यमशिलता तालिम प्रदान गरिएको छ । व्यवसायीलाई समयसापेक्ष ज्ञान तथा सीप प्रदान गर्न यसप्रकारको तालिम सञ्चालन गरिएको आयोजक संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डको सहयोगमा सञ्चालित तालिममा ५० जना होटल व्यवसायीको सहभागिता छ । विगत वर्षबाट नै संघले आफ्ना सदस्य, पदाधिकारी तथा कर्मचारीका लागि लेखा, प्रविधि तथा व्यवस्थापन सम्बन्धि तालिम प्रदान गर्दै आएको छ । होटल सञ्चालकको माग र संघको आफ्नै योजना अनुसार यो पटक उद्यमशिलता सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरिएको संघका महासचिव गणेशराज पहारीले बताए ।

प्रतिक्रिया दिनुहोस्