Logo

शुक्रबारदेखि दैनिक चार घण्टाका लागि मुग्लिन-नारायणघाट सडकखण्ड बन्द हुने



Spread the love

२५ मंसिर, काठमाडौं । मुग्लिन नारायणघाट सडकखण्ड शुक्रबारदेखि दुई हप्तासम्मका लागि दैनिक चार घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

नारायणघाटतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारमा रोकिनेछ भने मालवाहक सवारीसाधनलाई दासढुंगामा रोकिनेछ।त्यस्तै, मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिनेछ। मालवाहक सवारीसाधनको हकमा भने काठमाडौंबाट मुग्लिन छिर्नेलाई लेवाटारमा र पोखराबाट मुग्लिनतर्फ आउनेलाई आँबुखैरेनीमा रोकिनेछ।

प्रतिक्रिया दिनुहोस्