२३ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । आज दिउँसो नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा उपनिर्वाचनका समिक्षा लगायत स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबारे छलफल हुने बताइएको छ ।
सचिवालयमा प्रस्तुत हुने एजेण्डाको बारेमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो अर्का अध्यक्ष केपी शर्मा ओली, सचिवालय सदस्य माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गरेका थिए ।
आजको बैठकमा प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओली सहभागी नहुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्