एजेन्सी । भारतको रानी झाँसी रोड इलाकामा भीषण आगलागी हुँदा ४३ जनाले ज्यान गुमाएका छन् । स्कूल ब्याग बनाउने कारखानामा आइतबार बिहान पाँच बजेर २२ मिनेटमा भीषण आगलागी भएको थियो । अहिलेसम्म ५० जना बढीलाई बाहिर निकालिएको दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले बताउनु भएको छ।
कारखानाभित्र १२ देखि १५ वटा मसिन राखिएको अनुमान गरिएको छ । उक्त कारखानामा स्कूल ब्याग, बोतल र अन्य सामग्री राखिएको बताइएको छ । रिपोर्टका अनुसार कारखानाभित्र ५९ जना कमदार थिय । धेरैजसोको मृत्यु निस्सासिएका कारण भएको हो । अहिले सम्म कतिको नाममै खुलेको छैन् भने कतिको शब चिन्न सकिएको छैन् ।
अहिले सम्म १४ जनाको शव भेटिएको र लगातार घाइतेको उपचार गरिरहेको लोकनायक अस्पतालका डाक्टर किशोर कुमारले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्