“मेरो देश”
यस्तै हो नेपाल अझ यहाँका नियम कानुन र निति,
भन्दै हिड्यौ अन्जानमा तर भएछ हान्रै पो बेइज्यती
गाउथ्यो गीत संसार भन्दै हुन्छन गोर्खालीहरु वीर
तर कोही राष्ट्रघातिले गर्दा नपरोस झुकाउन शिर ।।
टुक्राउदै छन किन देश बिर्सी हिजो पृथ्वीले जोडेको,
सहन्छिन कसरी आमा सपना सन्ततिले नै तोडेको,
नसोच चल्छन ईसारामा सहेथे त्यो नाकाबन्दी हुँदा,
उर्लिन्छ भेल रगतको कोही तन्किई लुन्बिनी छुदा ।।
गण्डकी कोशी पुगे नि टाढा बस्छन गाई नेपालकै गाथा,
जति खोजेपनि झुकाउन तर झुक्दैन त्यो सगरमाथा,
बन्छ भोली नेपाल उस्तै नगर बिदेश सिगार्ने काम,
मुर्ख युवाहरु आज किन सोच्छन नाम भन्दा दाम ।।
बाझा छन हाम्रा पाखा पखेरा अनि तराईका फाट,
निस्क मैदानमा सारा जन लिएर देश बदल्ने आट,
फेरिदैन यो मुहार देशको नेतालाई गरेर गाली,
बुझ्नुपर्छ हामी जनहरु नेपाल रहे नेपाली हामी ।।
-
फल्छ सुन यही मेहनतले ति पाखा पखेरा फोरेर,
अमिट छाप छपाउनु पर्छ नेपाली रगतले कोरे,
र नेपाल छ र यहाँ हामी नेपाली भई बाचेका छौ,
पुर्खाले जमाएथे र नेपाल स्वतन्त्र भई हासेका छौ ।।
लेखक : शिला अर्याल
हाल बुटवलमा (वि.एस.सि.सि.एस.आईटी) Bsc.csit चौथो सेमेस्टर अध्यायनरत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्