१६ मंसिर, काठमाडाैँ – तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ३–१ ले पराजित गरेको हो ।
बङ्गलादेशले पहिलो सेट २५–२३ अङ्कले जितेको थियो । त्यसपछि भने श्रीलङ्काले लगातार तीन सेट जित्दै खेल आफ्नो पक्षमा पा¥यो । श्रीलङ्काले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ तथा चौथो सेट २५–२१ अङ्कले जितेको हो । पुरुष भलिबलको स्वर्ण पदकका लागि मङ्गलबार भारत र पाकिस्तान भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस्