१४ मंसिर, कन्चनपुर। बिहान ७ बजेदेखि सुरु भएको कन्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३को अध्यक्ष पदमा भइरहेको उपनिर्वाचनमा खानेपानी मन्त्री बिना मगरले मतदान गरेकी छन् । मन्त्री मगरले गोरखा माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुगेर बिहान ९ बजे मतदान गरेकी हुन् ।
मतदानका लागि ३ सय बढी सुरक्षाकर्मीहरू परिचालन भएको जिल्ला निर्वाचन कार्यालय कन्चनपुरले जानकारी दिएको छ ।
गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सो वडामा फैरू तामाङ निर्वाचित भएका थिए । उनी जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्