४ मङ्सिर, बेरुत – सिरियामा भएको सुरक्षा कारबाहीका क्रममा ११ लडाकू मारिएका छन् । मृत्यु भएका मध्ये ७ जना विदेशी रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
सिरियामा इजरायली हवाइ आक्रमण भएको युद्ध अनुगमनकर्ताहरुको समूहले जनाएको छ ।
सिरियाली अब्जरभेटरी फर ह्युमन राईटसले दिएको जानकारीअनुसार मृत्यु भएकाहरु इरानी हुन वा इरान भन्दा फरक हुन भन्ने बारेमा कुनै एकिन भएको छैन ।
त्यस समूहका प्रमुख रमी अब्देल रहमानले घटनामा परी अरु चार सार्वसाधारण घाइते भएका जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्