Logo

एसीसी इमर्जिङ टिम्स कप: नेपालले बंगलादेशलाई दियो १ सय ३९ रनको सामान्य लक्ष्य



Spread the love

२ मंसिर, काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले समुह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशलाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपाल ४४.३ ओभरमा १ सय ३८ रनमा अल आउट भयो ।

नेपालका लागि सोमपाल कामीले सबैभन्दा बढी ३८ रन जोडे। नवौं नम्बरमा ब्याटिङ गरेका उनले ६३ बल खेलेर ४ चौका प्रहार गरे। करण केसीले ४७ बल खेलेर १८ रन जोडे। कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्।

बंगलादेशका लागि सुमोन खान र सायद अबिदिनले समान ३–३ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्