Logo

क्रिष्टियानो रोनाल्डोको ९९औं अन्तर्राष्ट्रिय गोलसँगै पोर्चुगल युरोकपमा छनोट



Spread the love

२ मंसिर, काठमाडौं । डिफेन्डिङ च्याम्पियन पोर्चुगलले युरोकपमा स्थान बनाउन सफल भएको छ । युरोकपमा स्थान बनाउन जित्नै पर्ने खेलमा पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपाविजेताको रुपमा छनोट भएको हो ।

लक्जेमवर्गमा आइतबार राति भएको खेलमा पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेज र रोनाल्डोले गोल गरे । २००३ देखि राष्ट्रिय टोलीमा रहेका रोनाल्डोको यो १६४ खेलमा ९९औं अन्तर्राष्ट्रिय गोल हो ।

जितसँगै पोर्चुगल ८ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। शीर्षस्थानको युक्रेनले २० अंक जोड्यो । सर्वियाको १४, लक्जेमवर्गको ४ तथा लिथुनियाको १ अंक रह्यो ।

यही समूहको अर्का खेलमा सर्विया र युक्रेनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्