१८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले सातै प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । नेकपाको सोमबार मध्यान्हमा बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।
सचिवालय बैठकले अमिक शेरचन-चितवन, सोमनाथ अधिकारी ‘प्यासी’- कास्की, तिलक परियार-बाँके, धर्मनाथ यादव- सिरहा, विष्णु प्रसाईं- झापा, गोविन्द कलौनी-डडेल्धुरा र शर्मिला त्रिपाठी- काठमाडौंलाई बनाउने निर्णय गरिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए। कुन प्रदेशमा कसलाई प्रमुख बनाउने भन्ने निर्णय सरकारको सिफारिसपछि टुंगो लाग्ने पौडेलले बताए।
मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई ती नाम सिफारिस गर्नेछ। मन्त्रिपरिषद्को बैठक पनि आजै बस्ने कार्यक्रम रहेको छ।
राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख ० बमोजिम उनीहरुलाई पदमुक्त गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्