Logo

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु



Spread the love

१८ कात्तिक, काठमाडौं । नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्नेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा नियुक्त भएका सातै प्रदेशका प्रमुखहरुलाई आइतबार राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरु नहुँदा संवैधानिक संकट आउने हुँदा सोमबारै नियुक्त गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्