Logo

कृष्णनगरमा लगाइएको कर्फ्यू हट्यो, जनजीवन सामान्य बन्दै



Spread the love

१६ कात्तिक, कपिलवस्तु। शनिबार बिहान कपिलवस्तुको कृष्णनगर क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी शनिबार बिहान ६ बजेबाट कर्फ्यू हटाइएको हो।

१० बुँदे सहमतिसँगै कृष्णनगरको तनाव साम्य भएकाले कर्फ्यु हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए। बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो ।

प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेका ज्यान गएको थियो । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यु लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्