Logo

फ्रेन्च लिग वानमा नेयमारविनाको पीएसजी पुछारको टोलीसँग स्तब्ध



Spread the love

१६ कात्तिक, काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पुछारको क्लब डिजनसँग पराजित भएको छ । नेयमार अनुपस्थित खेलमा पीएसजी घरेलु टोली डिजनसँग २–१ ले पराजित भएको हो ।

शुक्रबार राति भएको खेलमा १९औं मिनेटमा एन्जल डि मारियाको पासमा केलियन एमबाप्पेको गोलमार्फत पीएसजीले अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मौनिर चोएयरले बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुमै जोन्डर काडिजको गोलाट डिजनले खेलमा २–१ को अग्रता बनायो । त्यसपछि थप गोल हुन नसक्दा पीएसजी स्तब्ध बन्न पुग्यो ।

हारपश्चात पनि पीएसजी १२ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पीएसजीलाई पराजित गरेको डिजन पुछारबाट उक्लँदै १८औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्