Logo

बन्द इजलाशमा महराको बयान: युवतीको घर गएकै छैन



Spread the love

१५ कात्तिक, काठमाडौं । अदालतमा पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा महराले आफू पीडित भनिएकी युवतीको घरमा नगएको बताएका हुन् ।

जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा दिएको बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरे ।

संसदकी कर्मचारी शाहीले आफूसँग कर्मचारी समायोजनको विषयमा केही सरोकार राख्दैआएको भन्दै उनका सरोकार पूरा गर्ने सम्बन्धित व्यक्ति आफू नरहेको बताए पनि ती महिलाले बदला स्वरुप आवेगमा आएर कपोल्कल्पित आरोप लगाएको महराको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्