Logo

च्यालेन्जर सिरिजको लागि रितको कप्तानीमा यू-१९ टोलीको घोषणा



Spread the love

१३ कात्तिक, काठमाडौं । यू-१९ च्यालेन्जर सिरिजमा सहभागिता जनाउने नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । कार्तिक २५ देखि मंसिर १ गतेसम्म भारतको हैदराबादमा चल्ने प्रतियोगितामा भारतको ३ टोलीसँगै नेपालको यू-१९ टोलीले प्रतिस्पर्धा गर्ने भएको हो ।

यस प्रतियोगितामा भारत रातो, भारत निलो र भारत पहेंलोसँगै नेपालले प्रतिस्पर्धा गर्नेछ । रितको कप्तानीमा रहेको टोलीमा १६ खेलाडी र ४ वैकल्पिक गरेर २० खेलाडी रहेका छन् ।

रित गौतमको कप्तानीमा घोषणा गरिएको टिममा लोकेश बम, त्रितराज दाश, विशालविक्रम केसी, खड्कबहादुर बोहोरा, अभिशेक बस्नेत, हरि चौहान, अरुन ऐरी, कुशल मल्ल, विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी, गौतम केसी छन् । राष्ट्रिय टोलीको अनुभव बोकेका रोहितकुमार पौडेल, सन्दीप जोरा लगायत खेलाडीलाई भने यसमा समेटिएको छैन ।
वैकल्पिक खेलाडी:
दिपक बोहोरा, दुर्गेश गुप्ता, निखिल कुमार सिंह, सोनु देवकोटा

प्रतिक्रिया दिनुहोस्