Logo

म्याद थपका लागि महरालाई आज अदालत लगिँदै



Spread the love

६ कात्तिक, काठमाडौं । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज पुन: अदालत लगिँदैछ । प्रहरीले उनिमाथि लागेको आरोपबारे अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक म्याद थपका लागि अदालत लैजान लागेको हो ।

गत आइतबार जिल्ला अदालतले महरालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । असोज २८ गते अदालतले महरालाई ३ दिन म्याद थप गरेको थियो ।

बलात्कार प्रयासको किटानी जाहेरी परेपछि महरा गत असोज १९ गते साँझ सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्