Logo

प्रधानमन्त्री ओली भन्छन्: ‘स्वास्थ्य अवस्था कमजोर नै छ तर चलिरहेको छु, गरिरहेको छु’



Spread the love

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको बताएका छन् । प्रधामनन्त्री ओलीले स्वास्थ्य अवस्था कमजोर भए पनि सरकारले नतिजा निकाल्नु पर्नेगरी काम गर्नुपर्ने भएकोले अहिले पनि निरन्तर खटेर काम गरिरहेको बताएका हुन् ।

स्वास्थ्य अवस्था कमजोर नै छ तर चलिरहेको छु, गरिरहेको छु । म अलि बढी खटेर नतिजा निकाल्नुपर्ने मानिसकै सूचीमा बस्न रुचाउने भएकाले अहिले पनि निरन्तर खटी नै रहेको छु ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था कमजोर नै रहेपनि काम गरिरहेको बताएका छन् । आफ्नो स्वास्थ्य अवस्था पहिलेदेखि नै कमजोर रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्