१ कार्तिक, काठमाडौँ l प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाल न्यायका लागि सरकारले बाल न्याय प्रशासनको सुदृढीकरणका लागि छुट्टै मन्त्रालयसहितको व्यवस्था गरेको बताएका छन् l
आज केन्द्रीय बाल न्याय समितिले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा सहभागिता जनाउँदै प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन् l
उनले बाल न्यायसम्बन्धी कानुनहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै निकायहरूको सक्षमता हुनुपर्ने बताउँदै भने, “बाल अधिकार र बालन्यायसम्बन्धि बनेका कानुनहरूको व्यवहारिक कार्यान्वयनका लागि सम्बद्ध सबै निकायहरूको स्पष्ट प्रतिबद्धता, सक्षमता र क्रियाशीलता आवश्यक छ जस्तो मलाई लाग्दछ l सो सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका लागि पूर्वाधारको निर्माण गर्न पनि उत्तिकै जरुरी रहेको छ ।”
प्रतिक्रिया दिनुहोस्