Logo

रक्षामन्त्री पोखरेल चीन प्रस्थान



Spread the love

३० असोज, काठमाडौँ l रक्षामन्त्री ईश्वर पोखरेल आज चीन प्रस्थान गरेका छन् । रक्षामन्त्री पोखरेल ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुनका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार रक्षामन्त्री पोखरेललाई उक्त कार्यक्रममा विशेष अतिथीको रूपमा चीनले आमन्त्रण गरेको हो ।

मन्त्री पोखरेललाई रक्षासचिव रेश्मीराज पाण्डे र नेपाली सेनाका बलाधिकृतरथी शरद गिरीलगायत रक्षामन्त्रालयका उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

उपप्रधानमन्त्री समेत रहेका पोखरेल त्यहाँबाट बेइजिङ समेत जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्