Logo

संविधान संशोधनका लागि प्रधानमन्त्री नै तयार देखिएनन् : अध्यक्ष भट्टराई



Spread the love

३० असोज,गोरखा l सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय औपचारिक रूपमा गर्ने बताएका छन् l

गृहजिल्ला गोरखामा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् l

संविधान संशोधनका लागि पार्टी सरकारमा सामेल भएता पनि संशोधनका लागि प्रधानमन्त्री नै तयार नदेखिएकोले सरकारमा बसिराख्नुको औचित्य नभएको उनको भनाइ छ l

अध्यक्ष भट्टराईले भिन्नै प्रसंगमा एकपछि अर्का सांसद पक्राउ पर्नुले लोकतन्त्रको छवि बिगारेको समेत बताएका छन् l

प्रतिक्रिया दिनुहोस्