Logo

नुवाकोटमा बसले बालकलाई किचेपछी….



Spread the love

२९ असोज, नुवाकोट l नुवाकोट स्थित बट्टार बजारमा आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा एक बालकको मृत्यु भएको छ l

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङ रहेका छन् l

युनिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ l उनको मृत्यु भएपछि आक्रोशित स्थानीयले बस तोडफोड गर्नका साथ साथै चालकलाई पनि घाइते हुने गरी कुटेका छन् l

जसको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । आफन्तले भने दोषीलाई कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै बट्टार बजार बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्