Logo

नेपालमा भोकमारीको अवस्था छैन् : कृषिमन्त्री खनाल



Spread the love

२९ असोज, काठमाडौँ l कृषिमन्त्री चक्रपाणी खनालले नेपालमा पौष्टिक आहार र भोकमारीको अवस्था नरहेको बताएका छन् l

आज १३ औँ विश्व खाद्य दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री खनालले खाना नपाएर कोही नमर्ने बताएका हुन् l

शरीरलाई पुग्ने गरी खाना नजान्नेहरू धेरै भएको बताउँदै उनले भने, “दीर्घजीवन हुनुपर्छ, त्यसका लागि जमिन पनि स्वच्छ हुनुपर्छ ।”

कार्यक्रममा बोल्दै मन्त्री खनालले खाना फ्याँक्ने परिपाटी बन्द गरी त्यसको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन् l

प्रतिक्रिया दिनुहोस्