Logo

चिनियाँ राष्ट्रपतिको भ्रमण सफल र ऐतिहासिक : अध्यक्ष प्रचण्ड



Spread the love

२९ असोज, काठमाडौँ l नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताएका छन् l

नेकपाले दसैँ, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिता जनाउँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् l

कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रपति शीले नेपाललाई भुपरिवेष्टितबाट भूजडिबत बनाउन गरेको प्रतिबद्धताले विकास र समृद्धिको नयाँ युगतिर नेपाल प्रवेश गर्न लागेको बताए l

चिनिया राष्ट्रपति भ्रमणको धेरै आयाम रहेको र नयाँ राजनीतिक विश्वास को वातावरण बन्दै गएको बताउँदै अध्यक्ष प्रचण्डले भने, “नरेन्द्र मोदीसँग छलफल गरेर, नेपालमा आएर जुन सद्भाव र विश्वासको वातावरण भएको छ । म चीन भ्रमणमा जाँदा या भारत भ्रमणमा जाँदा त्रिदेशीय साझेदारीको प्रस्ताव सार्दै अगाडी आएको थिए, टू प्लस वान गरेर शी र मोदीबीच छलफल अगाडी बढ्न थालेको छ ।”

प्रतिक्रिया दिनुहोस्