Logo

सभ्यताका पर्खालहरू बागमतीमा फालिए : प्रधानमन्त्री ओली



Spread the love

२८ असोज, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्संदै गएको बताएका छन् l

आज नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्संदै गएको बताएका हुन् l

प्रधानमन्त्री ओलीले भाषा र संस्कृति नबिर्सन सचेत गराउँदै सामाजिक सञ्जाल र सञ्चार क्षेत्रमा प्रयोग भएका भाषाप्रति उनको असन्तुष्टि छ ।

प्रधानमन्त्री ओलीले भने, “सभ्यताका पर्खालहरू बागमतीमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईँ भन्दैनन् । तिमी भन्दा माथि उठेर । यो एउटा ट्रेन हो । किनभने अङ्ग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाईँ भन्न गाह्रो लाग्यो । किनभने पैसा वाला, डलर वाला, ‘यु’ वालाहरू ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउने? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ। सानालाई तिमी भन्ने ठूलालाई तपाईँ भन्ने स्वभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ ।”

उनले प्राकृतिक रूपमा नेपाल विश्वकै तुलनामा धनी भएको भन्दै कला, संस्कृति, सभ्यता र साहित्यलाई संवर्द्धन गर्दै अघि बढाउनुपर्ने आवश्यकता समेत औंल्याए ।

प्रतिक्रिया दिनुहोस्