Logo

एनआरएनको लगानी धितो पत्रमा आवश्यक : अर्थमन्त्री खतिवडा



Spread the love

२८ असोज, काठमाडौँ l अर्थमन्त्री डा.युवराज खतिवडाले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) लाई नेपाली धितो पत्र बजारमा लगानी गर्न पाउने व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन् l

एनआरएनको नवौँ विश्व सम्मेलनमा सहभागिता जनाउँदै अर्थमन्त्री खतिवडाले एनआरएनको लगानी धितो पत्रमा आवश्यक रहेको बताउँदै यस्तो बताएका हुन् l

अर्थमन्त्री खतिवडाले सेयर बजारमा एनआरएनलाई लगानी गर्न पाउने व्यवस्था खुल्ला गर्ने घोषणा गर्दै सरकार त्यसका लागि कानुनी बाटो खुल्ला गर्न तयार रहेको पनि बताएका छन् l

एनआरएनले लामो समयदेखि धितो पत्र बजारमा लगानीको मागलाई सम्बोधन गर्नका सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्