Logo

म्याद थपका लागि महरालाई लगियो जिल्ला अदालत



Spread the love

२८ असोज, काठमाडौँ l यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई म्याद थप्न अदालत लागिएको छ ।

गएको १९ गते सरकारी निवासबाटै पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै आज म्याद थप्नका लागि अदालत लगिएको हो l

पक्राउ गरेसँगै उच्च रक्तचापका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई सरकारी वकिल कार्यालय पश्चात् काठमाडौँ जिल्ला अदालत लगिएको प्रहरीले जनाएको छ l

संसद् सचिवालयमा कार्यरत महिला रोशनी शाही माथि यौन दुर्व्यवहार गरेको आरोप लागे पश्चात् महराले सभामुखको पदबाट राजीनामा दिएका थिए l

प्रतिक्रिया दिनुहोस्