Logo

म्याद थपका लागि आज महरालाई जिल्ला अदालत लगिँदै



Spread the love

२८ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका पूर्व सभामुख तथा सांसद कृष्णबहादुर महरालाई आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिँदैछ । असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै महरा पक्राउ परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले महरालाई आज दिउँसोसम्ममा अदालतमा उपस्थित गराउने तयारी भइरहेको बताएका छन् ।

उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि महरालाई गएको बिहीबारदेखि थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्